Skip to content
LAXMI SUNRISE BANK

जिबी राई र रबि लामिछानेविरुद्ध युवराज सफलले दिए सहकारीमा उजुरी

अर्थ सरोकार

काठमाडौँ । सहकारी ठगी प्रकरणमा जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ऐनभन्दा बाहिर गएर गरिएको कारोबारमा मुछिएको भन्दै गोरखा मिडिया नेटकर्वका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध युवराज सफलले सहकारी विभागमा उजुरी दर्ता गराएका हुन् ।

विभागमा उजुरी दर्ता गराउँदै उजुरीकर्ता युवराज सफलले सहकारीबाट कर्जा प्रवाह गर्दा गरिएका सम्झौता तथा निर्णयबारे सक्कल कागजात झिकाई आवश्यक छानबिन गर्न ध्यानाकर्षण गराएका छन् ।

‘सहकारीबाट कर्जा लिँदा/दिँदा गरिएको कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएको सहकारीको निर्णय, कर्जा लिने बारे कम्पनीले गरेको निर्णयको प्रतिलिपी वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत माननीय मन्त्री ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’, उजुरीमा उल्लेख छ ।

त्यस्तै, युवराज सफलले हजारौँ बचतकर्ताहरुको करोडौँ हिनामिना गरी कोही फरार रहेको र कोही अझै पनि गैरजिम्मेवारपूर्ण तरिकाले खुलेआम हिँडिरहेको भन्दै फरार प्रतिवादीको खोजी र सम्पर्कमा रहेका व्यक्तिलाई पक्राउ गर्न पनि माग गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK