काठमाडौँ । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सबै सहकारीलाई छानविनको दायरामा ल्याउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सहकारीका विषयमा बोल्दै सांसद मोदीले देशभरीका सहकारीलाई छानविनको दायरामा ल्याउन माग गरेका हुन् ।
उनले जनताले दुःख गरेर सहकारीमा बचत गरेको रकम हिनामिना हुनु दुखद भएको भन्दै छानविनको माग गरेका छन् ।
‘अहिले देशभर लाखौँ जनताले खाइनखाई बचत गरेको पैसाको दुरुपयोग भइरहेको छ ।’, उनले भने, ‘अब सबै सहकारीलाई छानविनको दायरामा ल्याउनुपर्छ । छानविन गरेर जनताको बचत फिर्ता गर्नुपर्छ ।’
त्यस्तै, सांसद मोदीले जनताको पैसा दुरुपयोग गर्नेलाई कारवाही पनि नहुनुले सहकारी मात्र नभएर राज्यप्रति नै जनताको भरोस कम भएको भन्दै तत्काल सहकारीहरुको छानविन गर्न माग गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्