×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारी नियमन गर्न छुट्टै निकाय गठन हुँदैछ’- अर्थमन्त्री महत

PRIME CA

‘सहकारी नियमन गर्न छुट्टै निकाय गठन हुँदैछ’- अर्थमन्त्री महत

९ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सहकारीलाई नियमन गर्न छुट्टै नियामक निकाय गठनको प्रक्रियामा रहेको बताएका छन् । नेपाली कांग्रेसको महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले नियामक निकाय ‘सेकेण्ड टाइयर इन्स्टीच्यूसन’ गठन प्रकृया अघि बढिसकेको बताएका हुन् ।

सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताको रकम जोखिममा रहेको महतले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

‘सहकारी क्षेत्रको नियमन व्यवस्था प्रभावकारी नभएका कारण यस्तो समस्या देखिएको हो । यस क्षेत्रलाई साना बचतकर्ताको बचत परिचालन गर्ने र भरपर्दो क्षेत्रको रूपमा स्थापित गर्नु चुनौतीपूर्ण भएको छ । सहकारी क्षेत्रको नियामक निकाय गठन प्रकृया अघि बढाइएको छ । यस निकायले कार्यप्रारम्भ गरेपछि सहकारी क्षेत्रको समस्या निराकरण हुने अपेक्षा छ ।’, मन्त्री महतले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

त्यस्तै, प्रतिवेदनमार्फत उनले मुलुकको अर्थतन्त्र ‘समस्यामुक्त भइनसकेको’ उल्लेख गर्दै आर्थिक परिसूचक अनुकूल भए पनि राजस्व वृद्धि अपेक्षित हुन नसक्दा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको स्वीकार गरेका छन् । ‘अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक रहेको भए पनि वास्तविक क्षेत्रमा आर्थिक क्रियाकलापहरूको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो ।’, उनले भने ।

मन्त्री महतले अर्थतन्त्र सुधार नहुनुमा पर्याप्त बिना तयारी बजेट प्रस्ताव ल्याउने कार्य पनि प्रमुख कारक भएको उल्लेख गरेका छन् । सार्वजनिक खर्च व्यवस्थापनमा गम्भीर खालका चुनौतीहरू रहेको भन्दै उनले बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: