×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पोखराका १६ सहकारीमा बचतकर्ताको करोडौँ जोखिममा छ, सरकार रमिते बन्यो’- सांसद भट्टराई

PRIME CA

‘पोखराका १६ सहकारीमा बचतकर्ताको करोडौँ जोखिममा छ, सरकार रमिते बन्यो’- सांसद भट्टराई

अर्थ सरोकार

१३ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सांसद विद्या भट्टराईले पोखरा महानगरपालिका भित्र १६ वटा सहकारी संस्थामा बचतकर्ताको बचत जोखिममा रहेको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले पोखरा महानगरभित्र रहेका ३६७ सहकारीमध्ये १६ वटा सहकारी संस्थामा बचतकर्ताको बचत जोखिममा परेको बताएकी हुन् । 

उनले सहकारी सुधार कार्यदलले भदौ २५ गते प्रतिवेदन बुझाउँदै सहकारी संस्था सञ्चालनमा विचलन आएको भनिए पनि उक्त सुझावलाई सरकारले बेवास्ता गर्दा सयौँ बचतकर्ताको बचत जोखिममा परेको बताएकी छिन् । ‘पोखरा महानगरपालिकाभित्र रहेका ३६७ वटा सहकारी ध्ये १६ सहकारी संस्थामा बचतकर्ताको बचत जोखिममा पर्ने देखिएको छ । यस्तो अवस्थामा पनि सरकार गम्भिर हुन सकेन ।’, सांसद भट्टराईले भनिन्, ‘सहकारी सुधार कार्यदलले भदौ २५ गते प्रतिवेदन बुझाउँदै सहकारी संस्था सञ्चालनमा विचलन आएको छ भन्ने उल्लेख गर्दा पनि सरकारले त्यसलाई बेवास्ता गरेको छ ।’ 

त्यस्तै, पोखराको सूर्यदर्शन सहकारीको प्रसँग उठाउँदै सांसद भट्टराईले सहकारी ठगीका मुख्य व्यक्तिलाई फरार सूचीमा राखेर सरकारले रमिता हेरिरहेको आरोप लगाएकी छिन् । 

योसँगै उनले सहकारीको रकम हिनामिना गरेर फरार रहेको अभियुक्तलाई पक्राउ गर्न नसक्दा सहकारीमा करोडौँ फसेका बचतकर्ताहरु आत्महत्या गर्ने अवस्थामा पुगेको पनि बताएकी छिन् । ‘रकम हिनामिना गर्ने फरार अभियुक्तलाई पक्राउ नगरेका कारण नागरिकहरु आत्महत्या गर्ने ठाउँमा पुगेका छन् ।’, उनले भनिन्, ‘सहकारी ठगलाई कार्वाही गर्न सरकारलाई कसले रोक्यो ? तत्काल बचतकर्ताको रकम फिर्ता गर्न सरकारको गम्भिर ध्यानाकर्षण गर्दछु ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: