×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ ब्रोकर एसोसिएसनका अध्यक्ष भन्छन्- ‘हाम्रामा पैसा भुक्तानीको समस्या छैन, विज्ञप्ति निस्किदैन’

PRIME CA

नयाँ ब्रोकर एसोसिएसनका अध्यक्ष भन्छन्- ‘हाम्रामा पैसा भुक्तानीको समस्या छैन, विज्ञप्ति निस्किदैन’

२१ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पूराना सेयर ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसिएसनले विभिन्न प्राविधिक समस्या देखाएर भुक्तानी दिन समस्या भएको भन्दै विज्ञप्ति जारी गरिरहँदा नयाँ ब्रोकरहरुको संगठन धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले भने नयाँ ब्रोकरहरुमा त्यस्तो समस्या नभएको दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले नयाँ ब्रोकरहरुमा त्यस्तो कुनै पनि समस्या नभएको दाबी गरेका हुन् ।

‘कुनै एक स्टकमा धेरै कारोबार भयो भनेर समस्या आएको भनी पूराना ब्रोकर साथीहरुको बिज्ञप्ति हामीले पनि हेर्यौँ । तर हाम्रोमा त्यस्तो कहिं कतै समस्या छैन । एक त नयाँमा क्लाइण्ट पनि कम छन्, अर्को, त्यस्तो समस्या आएको कहींकतैबाट जानकारी छैन ।’ उनले भने ।

पूराना सेयर दलालहरुको संगठन स्टक ब्रोकर एसोसिएसनले विज्ञप्ति नै जारी गरेर सेयरको पैसा विभिन्न कारण समयमा नै दिन नसकिएको दाबी गरेका छन् ।

माघ ३ र ४ गते ठुलो परिमाणमा र धेरै पटक एकैपटक सेयर कारोबार भएको, माघ ३ गतेको नियमित राफसाफ माघ ५ गते भए पनि माघ ४ गते बेलुकीबाट टिएमएस मर्मतका लागि बन्द भएको र माघ ७ गते मात्र बिल जेनेरेट भएको, पेमेन्ट गेटवेमा चाप बढेको, दैनिक रुपमा धेरै कारोवारहरु भुक्तानीको लागि प्रोसिसिङ्ग गर्दा अधिकांश रकमहरु भुक्तानी भएपनि कतिपय भुक्तानीहरु बैंक विवरण ठिक हुँदाहुँदै पनि इन्भ्यालिड भई भई पुनः प्रोसेसिङ गर्नुपरेको र कतिपय लगानीकर्ताले बैंक खाता विवरण नै अपडेट नगरेका कारण समयमा पैसा दिन नसकिएको ब्रोकरहरुको दाबी छ ।

यता पूराना ब्रोकरहरुले सिष्टमलाई देखाएर बजार घटाउन लागेको आरोप लगानीकर्ताहरुले लगाएका छन् । कतिपय लगानीकर्ताले सिष्टमले नधान्नेगरी कस्तो सिष्टम प्रयोग गरेको भनेर प्रश्नसमेत गरेका छन् । ‘सिस्टमले धान्दैन भने त्यस्तो सिस्टम किन प्रयोग गरेको ? आफुले सेवा दिन सक्ने भदा बढी ग्राहक किन लिएको ? लगानीकर्ताले आफ्नो समस्या बताएर चिठि लेखे ब्रोकरले छुट दिन्छन् कि दिदैनन् ? … ब्रोकरले युजरअनुसार सेवा प्रदान गर्छन कि व्यक्ति अनुसार’ लगानीकर्ता नवराज दाहालले सामाजिक संजालमा लेखेका छन्- के ब्रोकारका लागि सबै ग्राहक समान छन् त ? झोले संगठनका नाइके, पसल चलाउने पसले र स्वघोषित बिज्ञलाई गरिने व्यवहार र सामान्य टिएमएस चलाउनेहरुलाई गरिने व्यवहार समान छ त ?’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: