×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरार देवकुमारको स्वीकारोक्ती: ‘सहकारीको पैसाले घरजग्गा जोडेँ, अब त्यही सम्पत्ति बेचेर बचत फिर्ता गर्ने इच्छा छ’

PRIME CA

फरार देवकुमारको स्वीकारोक्ती: ‘सहकारीको पैसाले घरजग्गा जोडेँ, अब त्यही सम्पत्ति बेचेर बचत फिर्ता गर्ने इच्छा छ’

२४ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीको पैसाले आफूले निजी सम्पत्ति किनेको स्वीकारेका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाको करोडौँ हिनामिना गरेर फरार रहेका नेपालीले सहकारीका बचतकर्तालाई अपिल जारी गर्दै सहकारीको पैसाबाट विभिन्न ठाउँमा निजी सम्पत्ति किनेको स्वीकारेका हुन् ।

उनले सेयर सदस्यहरुले जम्मा गरेको बचत रकम र बैंकहरुबाट समेत ऋण लिएर काठमाडौँ, पोखरा, बागलुङ लगायतका सहरमा घरजग्गा किनेको बताएका छन् ।

फरार नेपालीका अनुसार उनीसहितका सञ्चालकले सहकारीको पैसाबाट काठमाडौँ, पोखरा, बागलुङ बजार र बुर्तिबाङमा गरी ४५ कित्ता जग्गा र १८ वटा घर किनेका छन् । नेपालीले भनेअनुसार सहकारीको पैसाबाट काठमाडौँमा ५ कित्ता जमिन र सुकेधारामा सानिमा बैंक रहेको घरसहित ४ वटा घर र सुकैधारामै बजाज शोरुम भएको घर कर्म कम्प्लेक्स खरिद गरिएको छ ।

त्यस्तै, पोखराको सिर्जना चोकमा कर्म कम्प्लेक्स, शिवालय चोकमा ५ तलाको घर पृथ्वीचोकमा पनि घर किनेको नेपालीले उल्लेख गरेका छन् । त्यस्तै, बागलुङ बजारमा ४ कित्ता जग्गा र २ वटा भवन र बुर्तिबाङमा २९ कित्ता जग्गा र होटल दरबार, मिनी होटल दरबार र होटल दरबार रेष्टुरेन्ट किनेको पनि नेपालीले बताएका छन् । हाल फरार रहेका नेपालीले सहकारीको पैसाबाट खरिद गरिएका सम्पत्ति बेचेर बचतकर्ताको बचत फिर्ता गर्न र बैंकको ऋण भुक्तानी गर्न चाहेको उल्लेख गरेका छन् ।

सहकारी ठगीको आरोप लागेपछि गत जेठदेखि नै फरार रहेका नेपालीविरुद्ध इन्टरपोलले ‘रेड कर्नर नोटिस’ समेत जारी गरिसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: