×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी विभागमा सुरु भयो बचतकर्ताहरुको अनिश्चितकालीन धर्ना

PRIME CA

सहकारी विभागमा सुरु भयो बचतकर्ताहरुको अनिश्चितकालीन धर्ना

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विभिन्न सहकारी संस्थाबाट पीडित भएकाहरुले सहकारी विभागमा अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । आइतबारदेखि पीडित बचतकर्ताहरुले काठमाडौँको नयाँ बानेश्वस्थित विभागको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् ।

उनीहरुले पटकपटकको आन्दोलनप्रश्चात पनि आफूहरुको माग सम्बोधन नभएपछि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आह्वानमा अनिश्चितकालीन धर्ना सुरु गरेको बताएका छन् ।

फागुन ६ गते (आइतबार)देखि सुरु भएको धर्ना चैत्र १ गतेसम्म चल्ने बताइएको छ । त्यतिन्जेलसम्म पनि माग सम्बोधन नभए देशभरका सहकारी पीडितहरुले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने पनि धर्नामा बसेका बचतकर्ताहरुले बताएका छन् ।

धर्नामा बसेका उनीहरुले सहकारी दर्ता, कार्यक्षेत्र विस्तारमा १ वर्ष रोक लगाउनुका साथै ५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकलाई नियमन गर्न पनि माग गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: