×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ट्रेडिङमा ९७ प्रतिशतले घाटा खान्छन्’- दिपेन्द्र अग्रवाल

अर्थ सरोकार

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार

PRIME CA

‘ट्रेडिङमा ९७ प्रतिशतले घाटा खान्छन्’- दिपेन्द्र अग्रवाल

काठमाडौँ । लगानीकर्ता दिपेन्द्र अग्रवालले सेयर बजारमा ट्रेडिङ गर्ने ९७ प्रतिशतले घाटा खाने गरेको बताएका छन् । अर्थ सरोकारको टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै अग्रवालले पछिल्लो समय सेयर बजारमा ट्रेडिङ गरेरै कमाइन्छ भनेर बजारमा ट्रेडर बनेकाहरुमध्ये ३ प्रतिशतले मात्रै कमाउने र ९७ प्रतिशतले घाटा खाने गरेको बताएका हुन् ।

‘९७ प्रतिशत मान्छेले ट्रेड गर्दा गुमाउँछन् र ३ प्रतिशतले मात्रै कमाउँछन् । तर, सबैलाई म त्यो ३ प्रतिशतभित्र पर्छु भन्ने लाग्छ, जुन भ्रम हो ।’, उनले भने, ‘भन्न र अरुलाई सिकाउन जति सजिलो छ, गर्न गाह्रो छ । सेयर बजारमा ट्रेड गर्ने ३ प्रतिशतले कमाउँछन्, ९७ प्रतिशतले गुमाउँछन्, यो यथार्थ हो ।’ त्यस्तै, अग्रवालले जो व्यक्तिले विगतमा कमाएको छ, त्यो ३ प्रतिशतमा पर्ने र जसले गुमाएको छ, त्यो व्यक्ति ३ प्रतिशतमा नपर्ने पनि बताएका छन् ।

त्यस्तै, उनले सेयर बजारमा ट्रेडिङ गर्नका लागि ‘स्किल’ आवश्यक भएकोले आफ्नो क्षमता र योग्यतालाई प्रयोग गरेर मात्रै ट्रेडिङ गर्न सुझाव दिएका छन् ।

यदी ट्रेडिङ नगर्ने हो भने र बजारमा कमाउने हो भने ‘लो क्याप’ र प्रमोटर अनलक भएको स्क्रिप्टमा लगानी गरेर दुई वर्षका लागि छोड्नु ठिक भएको अग्रवालको भनाई छ । तर, अहिले सेयर बजारमा लाग्ने सबैजना ट्रेडर बनिरहेको भए पनि सबै सफल नभएको अग्रवालले दाबी गरेका छन् । (अग्रवालसँगको भिडियो अन्तर्वार्ता)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: