×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जति शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठग्नेलाई कारवाही गर्नुपर्छ’- गगन थापा

PRIME CA

‘जति शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठग्नेलाई कारवाही गर्नुपर्छ’- गगन थापा

२४ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारी जग्गा हडप्ने र सहकारी ठग्नेलाई कारवाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हड्प्ने र सहकारीमार्फत ठगी गर्नेहरुलाई कारवाही गर्न माग गरेका हुन् ।

नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन ? दण्ड पाउनुपर्दैन ?’, संसदमा प्रश्न गर्दै उनले भने, ‘जतिसुकै शक्तिशाली होस्, जुनसुकै ताकत भएको होस्, जुनसुकै दलको होस्, यताको होस् वा उताको होस्, सरकारी जग्गा हडप्ने, नागरिकता किर्ते गर्ने र सहकारी ठग्नेलाई दण्डित गर्नुपर्छ ।’

त्यस्तै, सांसद थापाले सुसासनका विषयमा आम नागरिकलाई लाग्ने कानुन र आम नागरिकलाई हुने सजाय जुनसुकै शक्तिशाली पदमा बसेको व्यक्तिलाई पनि लाग्नुपर्ने र सोही अनुसार दण्डित गर्नुपर्ने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: