×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगी प्रकरणः फरार जिबी राई मलेसियामा ‘अपार्टमेन्ट’ किनेर बसेको खुलासा, रेड नोटिस जारी गर्ने तयारी !

अर्थ सरोकार

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार

PRIME CA

सहकारी ठगी प्रकरणः फरार जिबी राई मलेसियामा ‘अपार्टमेन्ट’ किनेर बसेको खुलासा, रेड नोटिस जारी गर्ने तयारी !

काठमाडौँ । देशभर सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब रुपैयाँ भन्दा धेरै रकम ठगी गरेर फरार गितेन्द्रबाबु राई (जिबी राई) मलेसियामा रहेको खुलासा भएको छ । इन्टरपोलद्वारा नेसनल सेस्ट्रल ब्यूरो, काठमाडौँलाई प्राप्त सूचना अनुसार राई मलेसियामा ‘अपार्टमेन्ट’ किनेर बसेको पाईएको हो ।

योसँगै राईलाई इन्टरपोलले नेपाल पठाउने तयारी गरेको छ । तर, राईलाई मलेसियामा पक्राउ गरेर नेपाल पठाउनका लागि डिफ्युजन नोटिस प्रयाप्त नहुने भएपछि राईविरुद्ध ‘रेड नोटिस’ जारी गर्ने तयारी गरिएको बुझिएको छ । प्रहरी स्रोतका अनुसार राईविरुद्ध अबको केही दिनमा ‘रेड नोटिस’ जारी हुनेछ । सो लगत्तै इन्टरपोलले उनलाई पक्राउ गरेर नेपाल पठाउनेछ ।

यसअघि राईविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । राईमाथि सूर्यदर्शन सहकारीको मात्रै १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

राई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् । ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालक कम्पनी गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्षसमेत रहेका राईले अनाधिकृत रुपमा सहकारीको बचत बिना धितो ऋण दिएको, आफूखुसी चलाएको, निजी सम्पत्ति खरिद गरेको आरोप बचतकर्ताहरुले लगाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: