×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स लिनुपर्ने, नलिए २५ लाख जरिवाना र ६ महिना कैद सजाय हुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

घरजग्गा कारोबार गर्न अनिवार्य लाइसेन्स लिनुपर्ने, नलिए २५ लाख जरिवाना र ६ महिना कैद सजाय हुने !

Artha Sarokar

२५ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लाइसेन्स नलिई घरजग्गा कारोबार गर्नेलाई कारवाही हुने भएको छ । बुधबार प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गर्दै लाइसेन्स नलिई घरजग्गा कारोबार गर्नेलाई कारवाही गर्ने कानून ल्याउने तयारी गरेको हो । 

संसदले पारित गरेको उक्त विधेयकमा सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा धेरैको घरजग्गा कारोबार गर्दा अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ । 

कानून संशोधनसँगै प्राकृतिक व्यक्तिले आपसी सहमतिमा गर्ने खरिद बिक्रीबाहेक सबै घरजग्गा सम्बन्धी कारोबारको स्वीकृति लिनुपर्नेछ ।

त्यस्तै, उक्त विधेयकले लाइसेन्स नलिई कसैले घरजग्गा सम्बन्धी कारोबार गरे कारोबारको बिगो खुलेको हकमा बिगो बमोजिम र बिगो नखुलेको हकमा २५ लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी