×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारीको ऋण नतिर्नेलाई कार्वाही गर्नुपर्यो’- सांसद विश्वकर्मा

अर्थ सरोकार

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार

PRIME CA

‘सहकारीको ऋण नतिर्नेलाई कार्वाही गर्नुपर्यो’- सांसद विश्वकर्मा

काठमाडौं। सांसद हर्कमाया विश्वकर्माले सहकारीको ऋण नतिर्नेलाई कार्वाही गर्नुपर्ने बताएकी छिन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले सहकारी र लघुवित्तबाट लिएको ऋण तिर्नु पर्दैन भन्दै ऋणीहरु आन्दोलनमा उत्रिदा पनि सरकारले कारवाही गर्न नसक्नु दुर्भाग्य भएको बताएकी छिन् । ‘देशका विभिन्न ठाउँमा सहकारी र लघुवित्तबाट लिएको ऋण तिर्नु पर्दैन भन्दै वितण्डा मच्चाउँदा पनि ऋण तिर्दिन भन्नेहरुलाई कारवाही गर्न नसक्नु दुर्भाग्य हो।’, उनले भनिन् ।

त्यस्तै, उनले सहकारीमा गम्भीर समस्या देखिँदा पनि सरकार सहकारीको सुरक्षाप्रति मुकदर्शक बनेको आरोप लगाएकी छिन् । सहकारी र लघुवित्तले बैंकिङ पहुँच नभएका ठाउँमा धितो नभएका नागरिकलाई देशको आर्थिक मुलप्रवाहमा जोडेको सांसद विश्वकर्माको भनाई छ ।

साथै उनले सहकारीको बचत हिनामिना गर्ने सञ्चालकलाई तत्काल कारबाही गरी बचतकर्ताको बचत फिर्ता गर्न पनि माग गरेकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: