×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना, सबै सम्पत्ति जफत गरिने !

PRIME CA

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना, सबै सम्पत्ति जफत गरिने !

२१ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व सांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै तामाङलाई ३ वर्ष कैद सजाय तोकेको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धिकरणको मुद्धामा दोषी ठहर गर्दै तामाङलाई तीन वर्ष कैद सजाय तोकेको हो । योसँगै अदालतले उनलाई एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउन र त्यति नै रकम जरिवाना तोकेको छ ।

त्यस्तै, अदालतले तामाङकी श्रीमती सिर्जना तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । यता इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई पनि अदालतले डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यत्ति नै जरिवाना तोकेको छ ।

विशेष अदालतले इच्छाराजकी छोरीहरु प्रतीक्षा र प्रतिष्ठालाई भने सफाइ दिएको छ भने इच्छाराज, पत्नी, दुई छोरीहरु, इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठ र उनकी पत्नी मीनाको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: