×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछानेसहित १८ जनाविरुद्ध जाहेरी, पर्लान त पक्राउ ?

PRIME CA

रवि लामिछानेसहित १८ जनाविरुद्ध जाहेरी, पर्लान त पक्राउ ?

२२ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले जाहेरी दिएका छन् । सहकारीका बचतकर्ताहरुले रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन लगायत १८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका हुन् ।

जाहेरीमा नेचर हब प्रालि, गोरखा मिडिया, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोरखा ग्रुप इन्भेष्टमेन्ट र गोरखा आयुर्वेद प्रालिको नाम पनि उल्लेख छ ।

जाहेरीमा नाम उल्लेख भएका व्यक्ति तथा संस्थाहरुमा सूर्यदर्शन सहकारीबाट मनपरी रुपमा पैसा गएको देखिए पनि फिर्ता नभएको पाइएपछि जाहेरी दिएका बचतकर्ताहरुले बताएका छन् । बचतकर्ताहरुले प्रहरीमा दिएको जाहेरी कास्की प्रहरीले बुझे पनि दर्ता भने नगरेको बचतकर्ताहरुको गुनासो रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: