×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कान्तिपुर सहकारीका अध्यक्ष पक्राउ

काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड कोअपरेटिभका अध्इक्ष पक्राउ परेका छन् । बचतकर्ताको करोडौँ रकम हिनामिना गरेर फरार रहेको आरोपमा सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ गरिएको हो ।

अध्यक्ष मल्लाई फागुन १ गते पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । सहकारीका बचतकर्ताहरुले दिएको जाहेरीका आधारमा अध्यक्ष मल्लाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार उनीसहित संस्थाका अन्य सञ्चालकहरुविरुद्ध बचतकर्ताहरुले गत जेठ २८ गते मुद्दा दायर गरेका थिए ।

हालसम्म सहकारीबाट ठगिएको भन्दै ३५० जना निक्षेपकर्ताले सञ्चारकविरुद्ध जाहेरी दिएका छन् । यो संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: