काठमाडौँ । नेपाल राष्ट्र बैंकको विशेष निरिक्षण टोलीले काम सुरु गरेसँगै एनआइसी एसिया बैंकका डिसिइओ सुधीरनाथ पाण्डेले राजीनामा दिएका छन् । राष्ट्र बैंकले विशेष इन्स्पेक्सनका क्रममा पाण्डेका विभिन्न कैफियत देखाएपछि उनले बैंकबाट राजिनामा दिएका हुन् । राष्ट्र बैंकका अधिकारीले जेल जानेसम्मको काम पाण्डेको नेतृत्वमा भएको बताएपछि उनले जेल जाने डरले हतारहतार राजिनामा दिएका हुन् ।
एक सातादेखि एनआईसी एशिया बैंकभित्र राष्ट्र बैंकको विशेष इन्स्पेक्सन टोली चलिरहेको छ । बैंकले खराब कर्जा अनुपात कम देखाएको, नियम विपरित कर्जा खडा गरेको, कानुनी सिमा मिचेर ऋण दिएको लगायतका प्रश्न उठाउँदै राष्ट्र बैंकले विशेष इन्स्पेक्सन गरिरहेको सो बैंकमा १०० बढी कैफियत राष्ट्र बैंकले निकालिसकेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
बैंकले देखाएका तथ्यांकमा छेडखानी देखिएको, ऋण दिने र उठाउने क्रममा नियामकीय निर्देशन मिचेको, सेयर कर्जा दिँदा कैफियत भेटिएको, घरजग्गा कर्जामा हदैसम्म कानुन मिचेको लगायतका कैफियत देखिएपछि राष्ट्र बैंकले पाण्डेसँग यसविषयमा जवाफ माग थियो । त्यसपछि आफू बिरामी भएको भन्दै पाण्डेले राजीनामा दिएको बैंकका अधिकारीहरु बताउँछन् । यध्यपी, पाण्डेले भने घरायसी कारण देखाएर राजिनामा पत्र लेखेका छन् ।
राष्ट्र बैंकले इन्स्पेक्सन सकेर बैंकलाई कार्वाही गर्ने तयारी गरेको छ । डेपुटी सिइओपछि सिइओ रोशन न्यौपानेले पनि बैंकबाट राजिनामा दिन लागेको चर्चा छ । यध्यपी न्यौपानेले भने सो हल्ला गलत भएको दाबी गरेका छन् ।
यता उक्त विषयमा बुझ्न एनआईसी एशिया बैंकका सूचना अधिकारी तथा बैंकका डेपुटी सीईओ सुधीरनाथ पाण्डेलाई फोन गर्दा उनले हाम्रो फोन नै उठाएनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्