×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारमा फोन नै गरेर ग्राहकले सोध्न थाले, ‘एनआईसी टेकओभर हुन लागेको हो ?’ राष्ट्र बैंक भन्छ- ‘यति परसम्म सोचेकै छैन’

अर्थ सरोकार

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार

PRIME CA

अर्थ सरोकारमा फोन नै गरेर ग्राहकले सोध्न थाले, ‘एनआईसी टेकओभर हुन लागेको हो ?’ राष्ट्र बैंक भन्छ- ‘यति परसम्म सोचेकै छैन’

काठमाडौँ । विश्वासको संकटले गिजोलिएको एनआईसी एशिया बैंक डुब्न लागेको हो कि भन्ने चौतर्फी चर्चाका बीच बैंकका ग्राहकहरुले यस विषयमा ठुलो चासो दिन थालेका छन् । यसैबीच बैंकका ग्राहकले अर्थ सरोकार डटकममासमेत फोन नै गरेर ‘बैंक डुब्न लागेको हो ?’ वा ‘राष्ट्र बैंकले एनआईसी एशियालाई टेकओभर गर्न लागेको हो ?’ भन्ने प्रश्न गर्न थालेका छन् ।
बैंकबाट निक्षेप ठुलो संख्यामा निकालिएको खबर बाहिरिनु, र यस विषयमा राष्ट्र बैंकले आधिकारिक धारणा नदिनुले बैंकप्रति जनताको विश्वासमा संकेत देखिएको छ । सहकारीमा थुप्रै बचतकर्ताको पैसा फसेका बेला कतै बैंकमा पनि यस्तै हुने हो कि भन्ने डर निक्षेपकर्तामा छ । यहि कारण पनि बैंकका ग्राहकहरुको यस विषयमा चासो बढेको छ ।
एकाविहानै धेरै फोन आएपछि हामीले यस विषयमा नेपाल राष्ट्र बैंकका सह प्रवक्ता डिल्लीराम पोखरेललाई प्रश्न गरेका थियौँ । सह प्रवक्ता अधिकारीले यस विषयमा राष्ट्र बैंकले निकै परसम्म पनि नसोचेको र टेकओभर नै गर्नुपर्ने स्थिति नरहेको बताएका छन् । ‘टेकओभर भनेको धेरै परको कुरा हो । अहिले बैंकको स्थिति सामान्य छ । बाहिर हल्ला चलेजस्तो केहि छैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पोखरेल भने, ‘हामीले बैंकलाई पैसा निकाल्नेको विवरण पनि सोधेका थियौँ । गाह्रो स्थिति केहि छैन भन्ने आएको छ । टेकओभर भन्ने शब्द नै निकाल्नुपर्ने अहिले जरुरी छैन । त्यति परसम्म सोच्नुपर्नेगरी बैंकको स्थिति बिग्रेको होइन । बैंक ठिक अवस्थामा छ ।’
उनका अनुसार बैंकको निक्षेप निकाल्नेहरुको संख्या निकै बढेपछि मात्र राष्ट्र बैंकले यस विषयमा सोच्छ । ‘अहिले बैंकसँग डिपोजिट राम्रो मात्रामा छ । त्यसमाथि बाहिर हल्ला चलेजस्तो बैंकको स्थिति खराब छँदै छैन । बैंक ठिकठाक चलिरहेको छ । त्यसैले कुनै हल्लाको पछि लाग्नुपर्ने स्थिति छैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: