×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनिराम ज्ञवालीकै लाइनमा रामनारायण बिडारी, भने- ‘बैंकहरु पनि ठग हुन्, न्याय नपाए कडा आन्दोलन गर्नुपर्छ’

PRIME CA

मनिराम ज्ञवालीकै लाइनमा रामनारायण बिडारी, भने- ‘बैंकहरु पनि ठग हुन्, न्याय नपाए कडा आन्दोलन गर्नुपर्छ’

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले लघुवित्त वित्तीय संस्थाको शोषणविरुद्धको संघर्ष समितिलाई आफ्नो साथ रहेको बताएका छन् । सम्बाद डबलीमा मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले पीडितलाई न्याय नदिए कडा आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

लघुवित्त तथा वित्तीय संस्थाको अन्यायविरुद्धको संघर्ष समितिले फागुन १ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । त्यसलाई सफल पार्न आफ्नो साथ रहने बिडारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, बिडारीले लघुवित्त वित्तीय संस्थाहरुबाट जना पीडित हुँदा पनि सरकार निरिह बनेको अरोप लगाएका छन् । ‘अहिले लघुवित्तका कारण जना पीडित भएका छन् । तर, अर्थ मन्त्रालय कांग्रेसको र राष्ट्र बैंकका एमालेको हातमा छ । यीनीहरु वित्तीय दलाल र माफियाहरुको निर्देशनमा चल्छन् ।’, उनले भने, ‘अनि यसरी वित्तीय पीडितहरुले कसरी न्याय पाउँछन् ?’

पत्रकार सम्मेलनमा लघुवित्त पीडितहरुको पक्षमा बौल्दै बिडारीले बैंकहरु पनि ठग भएको बताएका छन् । उनले साना किसानहरुलाई गाउँगाउँमा पुगेर लघुवित्त वित्तीय संस्थाहरुले ठगेजस्तै बैंकहरुले ठूलालाई ठगिरहेको बताएका छन् । यतिसम्म कि बिराडीले बैंक र लघुवित्तका नाममा देशलाई झनै गरिब बनाउने खेल भइरहेको पनि दाबी गरेका छन् ।

यता लघुवित्त संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले फागुन १ गते चितवनको मुग्लिन हुँदै हजारौँको संख्यामा लघुवित्त, सहकारी र मिटरब्याज पीडित पैदलयात्रामार्फत काठमाडौँ आउने र न्याय नपाउन्जेलसम्म धर्ना र जुलुस गर्ने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: