Skip to content
LAXMI SUNRISE BANK

मधेशमा समेत बिस्तार भयो ऋणी एसोसिएसन, पहिलो टार्गेट एनआईसी एशिया बैंक !

अर्थ सरोकार

काठमाडौँ । सिराहामा पनि ऋणी एसोसिएसन गठन गरिएको छ । दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानले सिराहामा समेत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएहरुको ऋणी एसोसिएसन बिस्तार गरेको हो ।

सिराहामा बिस्तार गरिएको ऋणी एसोसिएसनको जिल्ला संयोजकमा दिपेन्द्र, साह, सदस्य सचिवमा मनोज कुमार साह, सदस्यमा राम कृष्ण चौधरी, तराकान्त चौधरी, रामकुमार महतो, दिपेन्द्र कुमार साह, कमल साह, परिक्षण चौधरी, शत्रुधन चौधरी, हरिदेब चौधरी लगायत चयन भएका छन् ।

एसोसिएसनको संगठन बिस्तार गरेसँगै उनीहरुले सिराहाको लहानस्थित एनआईसी एशिया बैंकका मेनेजरलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । ज्ञापन पत्र बुझाउँदै उनीहरुले ऋणीहरुलाई कुनै पनि किसिमको टर्चर नदिन बैंकका कर्मचारीहरुलाई चेतावनी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK