×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पञ्चरुपा सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा दायर

PRIME CA

पञ्चरुपा सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा दायर

८ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पञ्चरुपमा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दा दायर भएको छ । सहकारीको करिब साढे तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा संस्थाका ९ जना सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको हो ।

सहकारीमा बचत गरेका बचतकर्ताहरुले दिएको उजुरीका आधारमा तीन करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै संस्थाका अध्यक्षसहित ९ जनाविरुद्ध ठगी मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अदालतमा संस्थाका अध्यक्ष पुष्कल रिजाल, उपाध्यक्ष भुवन सापकोटा, सचिव पुरन रावल, कोषाध्यक्ष राकेश ज्याख्या, सदस्य धीरेन्द्र बराल र सदस्यहरु अर्जुन बस्ताकोटी, कुमार शाह, पुष्पबाबु पाण्डे र मंगलबहादुर तामाङविरुद्ध ठगी मुद्दा दायर गरिएको हो ।

हालसम्म संस्थाका सदस्य धीरेन्द्र बराल मात्रै पक्राउ परेका छन् भने अन्य भने सम्पर्कविहीन छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: