×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगी आरोपमा बिष्णु भण्डारी पक्राउ, पक्राउ हुनुअघि अर्थ सरोकारमा फोन गरेर भने-‘म निर्दोष छु…’

PRIME CA

सहकारी ठगी आरोपमा बिष्णु भण्डारी पक्राउ, पक्राउ हुनुअघि अर्थ सरोकारमा फोन गरेर भने-‘म निर्दोष छु…’

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सहकारी ठगीको आरोपमा पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका सहप्रध्यापक पक्राउ परेका छन् । मित्रमिलन सहकारीमा भएको ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले पीएन क्याम्पसका सहप्रध्यापक विष्णुप्रसाद भण्डारी पक्राउ परेका हुन् ।

पक्राउ परेका भण्डारीलाई मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मंगलबार अदालतमा हुने थुनछेक बहसपछि सहप्रध्यापक भण्डारीलाई साधारण तारेखमा छोड्ने, धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश हुनेछ ।

हाल उक्त सहकारी ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुली, सहकारीका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी लगायत पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यता सहप्राध्यापक भण्डारीले भने आफु निर्दोष रहेको दाबी गरेका छन् । पक्राउ पर्नुअघि अर्थ सरोकारमा सम्पर्क गरेर उनले आफुलाई छानविनकर्ता निर्मल गौतमले फसाएको, आफुले कुनै पनि ठगी नगरेको, बरु उल्टै आफुलाई पीडीत बनाइएको दाबी गरेका छन् । ‘म निर्दोष छु । मलाई छानविनकर्ताले नै फसाए । म गैरसदस्य भएको कुरा पनि गलत हो, मसँग भएका सबै प्रमाण पठाउँदा पनि मलाई जालझेल गरेर फसाइयो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: