×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुमेरु सहकारीका पूर्व अध्यक्ष महर्जनविरुद्ध ‘रेड नोटिस’ जारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुमेरु सहकारीका पूर्व अध्यक्ष महर्जनविरुद्ध ‘रेड नोटिस’ जारी

२५ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुमेरु सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध ‘रेड नोटिस’ जारी भएको छ । ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभमा बचतकर्ताको १० अर्ब भन्दा बढी रकम हिनामिना गरेर सम्पर्कविहीन भएका महर्जनविरुद्ध ‘रेड नोटिस’ जारी गरिएको हो ।

महर्जनविरुद्ध इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक अधिकारीकाले पुष्टी गरेका छन् ।

सहकारीका ३५ हजार बचतकर्ताको १० अर्ब भन्दा बढी रकम हिनामिना गरेको भन्दै बचतकर्ताहरुले दिएको उजुरीका आधारमा सहकारी विभागको पत्राचारपछि सीआईबीले उक्त सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्दै आएको थियो । तर, सुमेरु सहकारीमा ठगी भएको खुलासा हुँदासम्म पनि महर्जन सम्पर्कमा नआएपाछि ‘रेड नोटिस’ जारी गरिएको प्रहरीको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: