×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको ‘सुनकाण्ड’ संसदमा छताछुल्ल, सांसदको प्रश्न, ‘बैंकबाट सुन हरायो’, प्रचण्डको जवाफ, ‘फिर्ता भईसक्यो’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल बैंकको ‘सुनकाण्ड’ संसदमा छताछुल्ल, सांसदको प्रश्न, ‘बैंकबाट सुन हरायो’, प्रचण्डको जवाफ, ‘फिर्ता भईसक्यो’

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बैंकमा केहि समय अगाडी घटेको सुनकाण्ड संसदमा छताछुल्ल भएको छ । प्रतिनिधिसभा सदस्य कुशुमदेवी थापाले नेपाल बैंकले बैंकमा राखिएको सुन जनतालाई फिर्ता नगरेको प्रकरणबारे बोलेपछि संसदमा यो प्रकरण छताछुल्ल भएको हो ।

केहि समयअगाडी ग्राहकले नेपाल बैंकको लकरमा राखेको सुन हराएको थियो । यो प्रकरण बैंकमा सामसुम पार्न खोजेको थियो । तर, बैंकले सुन फिर्ता गर्न आनाकानी गरेपछि पीडीतहरुले जनप्रतिनिधि गुहारेका थिए । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई यस विषयमा प्रश्न गरेपछि यो प्रकरण छताछुल्ल भएको हो । उनले तत्कालीन समयमा नेपाल बैंकमा सुरक्षाका लागि राखिएको सुन बैंकले फिर्ता नगरेको आरोप लगाउँद त्यसको कारणसमेतको माग गरेकी थिइन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले नेपाल बैंकमा राखिएको सुन फिर्ता भइरकेको र क्षतिपूर्ति दिने काम पनि भइसकेको बताएका छन् । ‘नेपाल बैंकमा राखिएको सुन फिर्ता नभएको सन्दर्भमा त्यस प्रकारको सुन फिर्ता वा क्षतिपूर्ति दिने काम भएको छ ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘कसैले फिर्ता पाउन बाँकी रहेको भए प्रमाणसहित बैंकमा सम्पर्क गरेमा सुन फिर्ता हुन्छ ।’

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले उक्त प्रक्रियामा सरकारले बैंकसँग सहजीकरण गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: