×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहारा चितवन सहकारीमा ४० करोड ठगी, उजुरी दिन आह्वान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साहारा चितवन सहकारीमा ४० करोड ठगी, उजुरी दिन आह्वान

Artha Sarokar

२२ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चितवनको साहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतकर्तालाई उजुरी दिन आह्वान गरिएको छ । सहकारीको करिब ४० करोड रुपैयाँ हिनामिना प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले उजुरी दिन छुटेका बचतकर्तालाई उजुरी दिन आह्वान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगामी १५ दिनभित्र सहकारीका पीडित बचतकर्ताहरुले उजुरी दिन सक्नेछन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सहकारीको करिब ४० करोड रुपैयाँ हिनामिना भएको देखिए पनि हालसम्म २५ करोडको दाबीसहित उजुरी परेकाले थप उजुरी दिन आह्वान गरिएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–३ स्थित उक्त सहकारीको सञ्चालक जिबी राई हुन् । हाल उनी देशभरका विभिन्न सहकारीको १६ अर्ब रुपैयाँ हिनामिना गरेर फरार छन् । राईविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ समेत जारी गरिसकेको छ । हाल साहारा चितवन सहकारीका पदाधिकारी तथा व्यवस्थापकविरुद्ध प्रहरीले ठगी कुसरमा अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी