×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलिना-विष्णुको ब्रेकअप हल्ला चलेजस्तै नचाहिने हल्लाबाट सेयर लगानीकर्ता फस्दै, ख्याल गरौँ है !

अर्थ सरोकार

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार

PRIME CA

एलिना-विष्णुको ब्रेकअप हल्ला चलेजस्तै नचाहिने हल्लाबाट सेयर लगानीकर्ता फस्दै, ख्याल गरौँ है !

काठमाडौँ । धोकेबाज हौ तिमी भन्ने गीत सुपर हिट भएपछि चर्चाको शिखरमा पुगेकी युवा गायिका एलिना चौहान र उनका प्रेमी विष्णु सापकोटाबीच ब्रेक अप भएको खबर केहि समय अगाडी भाईरल भयो । तर न विष्णुले उनीहरुको ब्रेकअप भयो भनेर कतै पुष्टी गरेका थिए, न एलिनाले । तर युट्युबहरुमा सो मिथ्या खबर यसरी भाईरल भयो कि, दर्शक दोष कसको भनेरसमेत बहस गर्न थालिसकेका थिए । तर अन्तत: उनै विष्णु र उनै एलिना चौहानबीच विवाह हुने भएको छ ।

यतिबेला एलिना आफुहरुबीच त्यतिबेला सामान्य ‘मिस–अन्डरस्ट्यान्डिङ’ भएको तर ब्रेकअप भने नभएको बताउन थालेकी छिन् । कतिपयले उनको तिमीले धोका दियौ भने कट्टा हान्दिन्छु भन्ने गीत चलाउन उनीहरुले ब्रेकअपको हल्ला चलाएकोसमेत भन्न भ्याईरहेका छन् । हुन पनि कताकता त्यस्तै त्यस्तै पो हो कि भन्ने शंका गर्ने ठाउँ पनि नभएको होइन । तर, उनीहरुको बैसाखमा विवाह हुँदैछ ।

यो घटनालाई सेयर बजारका केहि लगानीकर्ताहरुले निकै रोचक ढंगले सेयर बजारसँग जोडेका छन् । बजारमा पनि यस्ता अपुष्ट हल्लाहरु थुप्रै आउँछन् । अन्तिममा हल्ला, हल्लैमा सिमित हुन्छ । ब्रेकअपको हल्ला भएकाहरुको विवाह पक्का भएजस्तै कहिले लाभांशको हल्ला चलेर सोझा लगानीकर्ताहरुलाई टोपी लगाइन्छ, कहिले लाभांश नदिने हल्ला चलाएर कित्ता खोसिन्छ । धन्न, एलिना र विष्णुको ब्रेकअपको हल्लाले कसैलाई आर्थिक नोक्सानी भएन, बरु गीत चलाउनेहरुलाई र युट्युबमा डलर कमाउनेहरुलाई फाइदा नै भयो होला । तर सेयर बजारमा हल्लाको भरमा लगानी गर्नेहरुको त हल्लाको पछि लाग्दा पैसा नै डुब्छ, सम्पत्ति सिद्धिन सक्छ । नयाँ लगानीकर्ताहरुलाई विशेष चेतना भया ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: