काठमाडौँ । गौतमश्री बहुउद्धेश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारीको मापदण्ड विपरीत कार्य गरेको र बचतकर्ताको रकम फिर्ता नगरेपछि सहकारी ऐन अनुसार संस्थालाई समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गौतमश्री सहकारीलाई सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।
यसो त रामबहादुर गौतम अध्यक्ष रहेको उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सहकारी विभागले २०७९ साउन १९ गते नै सिफारिस गरेको थियो । तर, राजनीतिक संरक्षणमा त्यसबेला गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्नुको साटो मन्त्रालयले पुनः अध्ययन गर्नु भन्दै विभागमा फिर्ता पठाएको थियो । पछि संस्थाले बचतकर्ताको बचत फिर्ता गर्न सक्ने अवस्था नरहेको भन्दै विभागले पुनः दोस्रो पटक पनि समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । त्यसबेला पनि मन्त्रालयले उल्टै सहकारी आंशिक रुपमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
डेढ वर्ष बितिसक्दा पनि संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्नु र अवस्था थप जटिल बन्न सक्ने भन्दै सहकारी विभागले फेरी गरेको सिफारिसका आधारमा सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालय स्रोतले बताएको छ ।
यता सहकारी विभागका अनुसार पछिल्ला दिन सहकारी संस्थाविरुद्ध उजुरी दिनेहरु बढिरहेका छन् । विभाग स्रोतका अनुसार दिनहुँ सयौँको संख्यामा सहकारी पीडितहरुले सहकारी संस्थाविरुद्ध उजुरी दिइरहेका छन् । जसमध्ये केही सहकारीको समस्या समाधान हुने खालको देखिएको छ भने अधिकांश सहकारी डुब्ने जोखिममा रहेका छन् । समयमै सहकारी समस्या समाधानमा गम्भीर नबने समस्या झनै विकराल हुने देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्