काठमाडौँ । सांसद जीवन परियारले गृहमन्त्रीविरुद्ध नै जाहेरी परेको अवस्थामा सहकारी गठी प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामै शंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सहकारी पीडितहरुका विषयमा बोल्दै सांसद परियारले यस्तो बताएका हुन् । उनले देशभर सहकारीले आतंक मच्चाईरहेको अवस्थामा गृहमन्त्रीविरुद्ध नै जाहेरी पर्दा निष्पक्ष छानबिन हुने बारेमै शंका गरेका छन् ।
सांसद परियारले कास्कीमा मात्रै सूर्यदर्शन सहकारी लगायत ८ सहकारीमा ३७ हजार ७ सय जना बचतकर्ताको झण्डै २ अर्ब ८८ करोड रुपैयाँ हिनामिना भएको देखिएको बताएका छन् ।
त्यसैमाथि सूर्यदर्शन सहकारीका पीडित किशोर प्रसाद जैशीसहित २५ जनाले गृहमन्त्री र पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएको अवस्थामा प्रहरीले निष्पक्ष छानबिन गर्छ ? भन्दै सांसद परियारले प्रश्न गरेका छन् ।
‘सहकारी पीडित विर बहादुर थापाको देहान्त भयो । दाह संस्कारमा दाउरा किन्ने पैसा भएन । बिमला नेपाली, रामजानी मिया, भीमप्रसाद चपाईं, रोहित केसरी, सुश्मा केसीको अवस्था अत्यन्तै कष्ठकर छ ।’, उनले भने, ‘जिप्रका कास्कीमा परेको जाहेरीमा कसुर गर्ने व्यक्तिहरुको नामसँगै गृहमन्त्रीको नाम र पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुनविरुद्ध फौजदारी अभियोग छ । के उक्त जोहरी उपर प्रहरी प्रशासनले निष्पक्ष छानबिन गर्ला ?’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्