×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्दै

PRIME CA

नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्दै

२३ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मर्जरपछि नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एकीकृत कारोबारका लागि राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएपछि दुवै लघुवित्तले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

धितोपत्र बोर्डबाट गत कात्तिक २४ गते नै मर्जरका लागि स्वीकृति पाएका दुवै संस्थालाई एकीकृत कारोबारका लागि राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।

मर्जरपछि दुवै संस्थाले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् ।

मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका–८ काभ्रेपलाञ्चोकमा रहनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: