×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली बैंकर बनेर बैंकमा राखिएको जग्गाको कारोबार गर्ने केदार पक्राउ, दुर्गा प्रसाईंलाईसमेत ठगेको पुष्टी !

PRIME CA

नक्कली बैंकर बनेर बैंकमा राखिएको जग्गाको कारोबार गर्ने केदार पक्राउ, दुर्गा प्रसाईंलाईसमेत ठगेको पुष्टी !

अर्थ सरोकार

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार

काठमाडौँ । नक्कली बैंकर बनेर बैंकमा राखिएको जग्गाको कारोबार गर्ने ४४ बर्षीय केदार अर्याललाई प्रहरीले पक्राउ गरेको छ । पम्मी देवानको हजुरआमाको झापा दमकमा भएको ३ बिगा जग्गा ग्लोबल आई.एम.ई बैंकमा रहेकोमा बैंककै प्रतिनिधि बताई प्रलोभनमा पारी कारोबार गरेकोमा बैंकिङ कसुर मुद्धामा फरार रहेका अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी अन्य थुप्रै मुद्धामा समेत अदालतबाट दोषी ठहर भई फरार थिए । बैंकिङ कसुरमा पनि विभिन्न मुद्धा खेपीरहेका उनी काठमाण्डौं जिल्लामा नेपाल टेलिकमको पत्रमा केरमेट गरी मिति र अंकहरु फेरबदल गरी विश्वासघात गरेकोमा लिखत सम्बन्धी कसुरमा समेत फरार थिए ।

प्रहरीका अनुसार झापाका प्रसाद प्रसाईको लेनदेन मुद्धामा झापा जिल्ला अदालतबाट उनीविरुद्ध ८४ लाख बिगो र २ (दुई) बर्ष कैदको फैसला भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: