×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘फेक प्रोक्सी’को लफडाले नेशनल लघुवित्तको निर्वाचन स्थगित, सीइओ यादवमाथि लगाइयो किर्तेको आरोप !

PRIME CA

‘फेक प्रोक्सी’को लफडाले नेशनल लघुवित्तको निर्वाचन स्थगित, सीइओ यादवमाथि लगाइयो किर्तेको आरोप !

अर्थ सरोकार

१८ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेशनल लघुवित्तको निर्वाचनमा लफडा भएको छ । केहि सेयरधनीले भोट हाल्न जाँदा आफ्नो भोट अर्कैले हालिसकेको देखिएपछि उनीहरुले आफ्नो हस्ताक्षर किर्ते गरी दिँदै नदिएको प्रोक्सीमा किर्ते हस्ताक्षर गरिएको भन्दै लफडा झिकेपछि अन्तत: निर्वाचन नै स्थगित भएको हो । प्रोक्सीमार्फत भोट गईसकेका सेयरधनीहरु निर्वाचनस्थलमै उपस्थित भएर भोट हाल्न खोज्दा ‘फेक प्रोक्सी’ को तथ्य बाहिरिएको हो ।
‘मैले कसैलाई पनि भोट हाल्न प्रोक्सी पठाएको थिईन । म स्वयम् निर्वाचनमा भाग लिन पुगेको थिएँ । तर मलाई त तपाईंको भोट गईसक्यो भन्ने जानकारी दिइयो ।’ निर्वाचन स्थलबाट सेयरधनीले अर्थ सरोकारसँग भने, ‘पछि बुझ्दैजाँदा त मेरो हस्ताक्षर किर्ते गरेर प्रोक्सी लागिएको रहेछ । त्यसपछि म लगायत केहि साथीहरुले आवाज उठायौँ । अन्तत: यस विषयमा छानविन गर्ने प्रतिबद्धतासहित निर्वाचन स्थगित भएको छ ।
लघुवित्तका सीइओ रामबहादुर यादवको टोलीले आफु अनुकुलको संचालक समिति खडा गर्न किर्ते गरेको आरोपसमेत ती सेयरधनीहरुले लगाएका छन् ।
यता लघुवित्तका सीइओ यादवले भने निर्वाचन स्थगित भएको भए पनि आफुमाथि किर्ते गरेको आरोप नबुझेर लगाइएको दाबी गरेका छन् । ‘निर्वाचनमा व्यवस्थापनको के नै भूमिका हुन्छ र ? हामीले गर्ने त साधारणसभा हो, जुन हामीले गर्यौँ । प्रोक्सी दिएर पछि आफैँ पनि उपस्थित भएर भोट हाल्न खोज्दा निर्वाचन स्थगित हुने स्थिति आयो ।’
उनका अनुसार प्रोक्सी दिएकाहरुले निर्वाचन स्थलमा आईपुग्दा त्यसको जानकारी नै निर्वाचन अधिकृतलाई दिएका थिएनन् । ‘प्रोक्सी पठाउनेले निर्वाचनस्थलमा आउँदा त्यसको जानकारी निर्वाचन अधिकृतलाई दिनुपर्ने हो, तर दिईएको रहेनछ । समस्या त्यहिंबाट सुरु भएको हो ।’ सेयरधनीहरुले भने आफुले कसैलाई प्रोक्सी नदिएको र आफ्नो हस्ताक्षर किर्ते गरेर भोट हालेको भन्दै आवाज उठाएपछि अन्तत: निर्वाचन अधिकृतले निर्वाचन स्थगनको घोषणा गरेका थिए ।
यादवका अनुसार कसैको चित्त दुखाएर अघि नबढ्ने भन्दै निर्वाचन स्थगित गरिएको हो । ‘सबै मिलेर जानुपर्छ भन्ने कुरामा हाम्रो अडान कायम छ । कसैको चित्त दुखाएर अघि नबढ्ने बरु समहतिको लागि प्रयास गर्ने भनेर निर्वाचन स्थगित भएको छ ।’ यादवले भने । उनका अनुसार निर्वाचनको अर्को मिति छिट्टै तय गरिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: