×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका छोराको संलग्नताबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन, प्रहरी एक्सनमा !

PRIME CA

सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका छोराको संलग्नताबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन, प्रहरी एक्सनमा !

२८ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनको संलग्नताबारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । तिब्बती नाकाबाट बाबुको उपराष्ट्रपति पदको दुरुपयोग गर्दै सुन तस्करी गरेको भन्ने प्रमाणसहितको समाचार सार्वजनिक भएपछि गृहमन्त्री लामिछानेले जितेन्द्रमाथि छानबिन गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री लामिछानेले महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएरै जितेन्द्रमाथि छानबिन गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ ।

गृहमन्त्रीको निर्देशनसँगै प्रहरीले उक्त विषयलाई गम्भीरतापुर्वक लिएको र सुन तस्करीमा जितेन्द्रको संलग्नताबारे अनुसन्धान सुरु गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

जितेन्द्रले अवैध सुनको कारोबार गर्नकै लागि तिब्बती नाकाबाट आवतजावत गर्न गृह मन्त्रालयबाट परिचयपत्र बनाएका थिए । सोही परिचय पत्र, प्रहरी तथा नगरपालिकाबाट बनाएको नाता प्रमाण र आफ्नो बाबुको पदको दुरुपयोग गर्दै उनले तिब्बती नाकाबाट सुन तस्करी गर्ने गरेको खुलेको छ ।

यतिसम्म कि सुनको कारोबारमा चिनियाँ नागरिकलाई विश्वास दिलाउनका लागि जितेन्द्रले उपराष्ट्रपति कार्यालयको स्वकीय अधिकृतको परिचयपत्र पनि प्रयोग गरेको पाइएको छ ।

उनले चिनियाँ व्यापारीसँग उधारोमा किनेको चार किलो सुनको करिब अढाई करोड रुपैयाँ नतिर्दा र पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि सुन तस्करीमा उनको संलग्नताबारे तथ्य छताछुल्ल भएको हो । जितेन्द्रलाई उधारोमा सुन दिएका चिनियाँ व्यापारीका अनुसार जितेन्द्रले उक्त उधारो रकमको ब्याज दैनिक २० हजार र वर्षभरीको ७१ लाख रुपैयाँ निर्धारित गरिएको थियो । उनीहरुले पूर्वउपराष्ट्रपति पुन र उनका छोराले आफूहरुलाई ठगेको आरोप लगाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: