काठमाडौँ । नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेर ठगी गर्ने ३ जना पक्राउ परेका छन् । अर्कैको नागरिकता र सर्टिफिकेट दुरुपयोग गरेर बैंकमा खाता खोली ८२ लाख ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ का २३ वर्षीय सिद्धार्थ चौधरी, महागढीमाई नगरपालिका-५ की २५ वर्षीया सोनम कुमारी चौधरी र वीरगन्ज महानगरपालिका-१५ का २६ वर्षीय राहुल रै दास रहेको छन् । उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले सामाजिक सञ्जालमा ‘वैदेशिक रोजगारीको अवसर’ भन्ने सूचना राखेर सोही सूचनामार्फत जोडिएकाहरुलाई बैंक खातामा रकम हाल्न लगाउने गर्दै आएको थिए ।
यसरी रकम हाल्न लगाएर पछि उनीहरु सम्पर्कविहीन हुनेगरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसरी उनीहरुले विदेश जान चाहनेहरुले पठाएको कागजातबाटै खाता खोल्ने गरेको भेटिएको छ । यसरी अरुको नागरिकता र सर्टिफिकेट प्रयोग गरेर खुलेका बैंक खाताबाट उनीहरुले विभिन्न व्यक्तिमार्फत हालसम्म ८२ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको भेटिएको पनि प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्