काठमाडौँ । शिर्ष साना किसान कृषि सहकारी संस्थाबाट ११ लाख रुपैयाँ चोरी भएको छ । डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा रहेको उक्त सहकारीबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको हो ।
शुक्रबारदेखि बन्द रहेको सहकारीको कार्यालय आइतबार खोल्दा मात्रै कर्मचारीले सहकारीमा चोरी भएको थाहा पाएका थिए । त्यसलगत्तै उनीहरुले प्रहरीमा खबर गरेका हुन् ।
प्रहरीका अनुसार उक्त सहकारीमा झ्याल फोडेर चोरी भएको हो । सहकारीको झ्याल फोडेर चोरी गरेकाहरुले सहकारीमा भएको सिसीटिभी क्यामेराको रेकर्ड डिभाइस पनि चोरी गरेको प्रहरीले जनाएको छ । हाल चोरीमा संलग्नहरुको खोजीकार्य भइरहेको प्रहरीको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्