×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेताकै शैलीमा सिटिजन्स बैंकका सीइओको भाषण, अरु बैंकको घुमाउरो विरोध, पटक पटक ताली बजाउन निर्देशन

PRIME CA

नेताकै शैलीमा सिटिजन्स बैंकका सीइओको भाषण, अरु बैंकको घुमाउरो विरोध, पटक पटक ताली बजाउन निर्देशन

७ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । सिटिजन्स बैंकका सीइओ गणेश राज पोखरेलले नेताको भन्दा चर्को भाषण गरेका छन् । बैंकको  १७औँ बार्षिकोत्सव अवसरमा उनले कुनै कन्सर्टमा गायकले गीत गाएको, र नेताले चुनावमा भोट मागेजसरी चर्को भाषण गरेका हुन् । चर्को भाषण गर्दा पनि कर्मचारीले ताली नबजाएपछि उनले पटकपटक ताली बजाउन निर्देशनसमेत दिएका छन् ।
प्राप्तिमार्फत आएका संस्थाका कर्मचारीहरुलाई विभेद गरेको आरोप लागिरहेका बेला उनले बैंकमा हाम्रालाई भन्दा पनि राम्रालाई छानिने दाबी गरेका छन् । प्रमोसनमा गुनासो आएको स्मरण गर्दै उनले बैंकमा कसैलाई भेदभाव नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेताकै शैलीमा अरु बैंकलाई कमजोर र आफ्नो बैंक राम्रो भनेका उनले अरु बैंकमा काम गर्ने वातावरण नभएको भन्ने गुनासो आउने गरेको, अरु बैंकको वितरणयोग्य नाफा नकारात्मक रहेको जस्ता कुराहरु झिकेर अरु बैंकको विरोधसमेत गरेका थिए । सेयरधनीलाई पटक पटक निराश बनाएको बैंकका सीइओले यसपटक कम्तीमा १० प्रतिशत रिटर्न दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यसका लागि काम गर्न उनले कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले १० प्रतिशत रिटर्न दिन्छु भनेर प्रतिबद्धता व्यक्त गर्दा कर्मचारीले मुख अँध्यारो बनाएपछि उनले पुन: ताली बजाउन निर्देशन दिएका थिए ।
आफैँ आइक्यानको अनुशासनको कार्वाही भोगेर पनि बैंकका सीइओ बनेको भए पनि सीइओ पोखरेलले सुशासनको चर्को भाषण गरे । मर्जरलाई मृत्युको संज्ञाको आशय प्रकट गर्दै उनले ३२ वटा बैंक २० वटा बैंकमा झर्दा बाँचेको बैंक भएकाले सिटिजन्स सुशासनको मामलामा अलिकति पनि सम्झौता नगर्ने बताएका छन् । सुशासनको कुरा गरिसकेपछि पनि उनले आफ्नो संचालक समितिलाई ताली बजाएर अभिनन्दन गरिदिन निर्देशन दिएका थिए ।बैंकले राखेको पोष्ट अध्यक्षले सेयर गरेकोमा निकै खुसी व्यक्त गरेका पोखरेलले अध्यक्षसँग आफ्नो दिनमा ५ पटक कुरा हुने र अध्यक्षलाई आफ्नो बैंकको निकै चिन्ता रहेकोसमेत बताएका छन् ।
प्रमोसनका लागि पर्फर्मेन्स दिनुपर्ने भाषण गर्दा पनि कसैले ताली नबजाएपछि उनले पुन: कर्मचारीहरुलाई ताली बजाउन निर्देशन दिएका थिए ।
अरु बेला सीइओले भनेपछि मात्र ताली बजाएका कर्मचारीहरुले सीइओले साउन १ गते बोनस डे हुने घोषणा गर्दा पनि आफैँ ताली बजाएका थिए । बोनसको कुरा आउँदा बजेको ताली सकिएपछि उनले पुन: ताली बजाउन निर्देशन दिएका थिए ।
आफ्नो मन्तव्य टुंग्याएको घोषणापछि पनि लामो बोलेका उनले जाँदाजाँदै पनि पुन: ताली बजाउन कर्मचारीहरुलाई निर्देशन दिएका थिए । सीइओको भाषणपछि पनि कर्मचारीहरु निराश देखिन्थे ।

सिटिजन्स बैंक पछिल्लो समय नक्कली सर्टिफिकेट काण्डदेखि सुनकाण्डसम्ममा विवादमा तानिएको बैंक हो । अझ केहि समय अगाडी बैंकले कर्मचारीलाई सीएसआरको पैसाबाट चकलेट बाँडेपछि त बैंक बैंकको नामजस्तै इन्टरनेशनल रुपमै विवादमा तानिएको थियो ।

बैंकका सीइओले बैंक अब्बल रहेको भने पनि सिटिजन्स बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण हेर्दा बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

सीइओको सो भिडियो यहाँ हेर्न सकिन्छ 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: