काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता सुध्रिदै गएको दाबी गरेका छन् । नेपाल चार्टर्ड एकोन्टेन्ट्स संस्था (आईक्यान)द्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले सवल र सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक रहेको पनि बताएका छन् । स्वदेशी उद्योगको विकासको माध्यमबाट अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक रहेको मन्त्री भण्डारीको भनाई छ ।
‘केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधारहरु आउन थालेको छ । अर्थतन्त्रमा केही सूचकहरु सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग विकासको माध्यमबाट अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक देखिन्छ ।’, मन्त्री भण्डारीले भने, ‘सवल सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक देखिएको छ । यसले एकातिर अर्थतन्त्रमा सकरात्मक सन्देश प्रवाह गर्छ भने अर्कातिर देशभित्रै रोजगारीको अवसर सृजना हुन्छ ।’
मन्त्री भण्डारीले लेखा व्यवसायीहरुको कार्य कुशलतामार्फत बिभिन्न कम्पनी तथा निकायका वित्तिय विवरणहरु यतार्थ र उचित प्रश्तुतीकरणले गर्दा शासकीय प्रवन्ध दिगो र बलियो हुनुपर्नेमा जोड दिएका छन् ।
साथै उनले लेखा व्यवसायीहरुका कारण अर्थतन्त्रमा पारदर्शिता, जवाफदेहीता, व्यवस्थापकीय संक्षमता एवम् वित्तिय अनुशासन पालना समेत थप प्रभावकारिता हासिल हुँदै गएको पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्