काठमाडौँ । सरकारले सहकारी ‘ठग’ गितेन्द्रबाबु (जिबी) राईलाई पक्राउ गरेर नेपाल पठाउन मलेसियन सरकारलाई पत्र पठाएको छ । प्रहरी प्रधान कार्यालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई पत्र पठाएको हो ।
यसअघि अन्तराष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’मार्फत गत माघ १३ गते डिफ्युजन नोटिस जारी भएका राईविरुद्ध रेड नोटिससमेत जारी भएको छ ।
गृहमन्त्रालयका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयले मलेसियन सरकारलाई पठाएको उक्त पत्रमा मलेसियामा लुकेर बसेका राईलाई पक्राउ गरी नेपाल पठाउन अनुरोध गरिएको छ ।
राई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको करोडौँ अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका थिए । उनीविरुद्ध नेपालमा देशभर सहकारी नेटवर्किङ खडा गरी सहकारीका बचतकर्ताको १६ अर्ब भन्दा बढी रकम अपचलन गरेको आरोप छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्