काठमाडौँ । सिराहामा मनि ट्रान्सफरको रकम लुटपाट भएको छ । आइतबार सिराहाको विष्णुपुरमा सञ्चालित शिव मनि ट्रान्सफरको १५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको हो ।
मनि ट्रान्सफरको रकम लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मुक्तिनाथ सापकोटाले पुष्ठि गरेका छन् । डिएसपी सापकोटाका अनुसार ग्लोबल आइएमई बैंकबाट रकम झिकेर लैजाँदै गर्दा पुरुषोत्तम यादवको साथबाट उक्त रकम लुटपाट भएको हो ।
यादवले बैंकबाट झिकेको १५ लाख ५० हजार झोलामा बोकेका थिए । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको पेट्रोल पम्प कट्नै लाग्दा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुईजनाले रकम लुटेका हुन् ।
लुटपाटमा संलग्नहरुले नकाब लगाएकाले अनुहार पहिचान नभए पनि हुलियाका आधारमा खोजिकार्य भइरहेको डिएसपी सापकोटाले बताएका छन् । उनका अनुसार लुटपाटका क्रममा उनीहरुले यादवलाई पेस्तोल देखाएर लुटपाट गरेका थिए ।
यसअघि रौतहटमा पनि शिव मनि ट्रान्सफरको करिब ५१ लाख रुपैयाँ लुटपाट भएको थियो । उक्त लुटपाटमा लुटेरा समूहले गोली चलाउँदा मनि ट्रान्सफरका सञ्चालक घाइतेसमेत भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्