×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुस्तक बेचेरै महावीर पुनले आर्जन गरे झण्डै पाँच करोड रुपैयाँ, सम्पूर्ण पैसा कृषि औजार कारखानाको मर्मतमा लगाउने !

PRIME CA

पुस्तक बेचेरै महावीर पुनले आर्जन गरे झण्डै पाँच करोड रुपैयाँ, सम्पूर्ण पैसा कृषि औजार कारखानाको मर्मतमा लगाउने !

अर्थ सरोकार

५ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आत्मकथा बेचेर पाँच करोड रुपैयाँ आर्जन गरेका छन् । पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मकथा बेचेरै पाँच करोड रुपैयाँ आर्जन गरेको जानकारी गराएका हुन् ।

गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक लिएर पुन विभिन्न जिल्ला पुगेका थिए ।

सोही क्रममा उक्त पुस्तक बिक्रीबाट झण्डै पाँच करोड रुपैयाँ आर्जन गरेको पुनले बताएका छन् । पुनका अनुसार पुस्तक बिक्रीको १०० दिनमा ८४ हजार पुस्तक बिक्री भएको छ ।

उनले आफ्नो आत्मकथाको किताब बेचेर प्राप्त रकमबाट तीन दशकदेखि बन्द अवस्थामा रहेको वीरगञ्जस्थित कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताउँदै आएका छन् । विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका पुनको उक्त पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: