काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थामा कर्मचारी आन्दोलन पुनः उत्कर्षमा पुगेको छ । आफ्ना मागहरु पूरा नगरेको र मर्जरपछि कर्मचारीबीच विभेदपूर्ण व्यवहार गरिएको भन्दै संस्थाका कर्मचारीहरु पुनः आन्दोलित बनेका हुन् । उनीहरुले संस्थाका सीईओलाई पत्र नै लेखेर बैशाख ३ गतेदेखि शाखा कार्यालय ठप्प पारेर आन्दोलन गर्ने जानकारी गराएका छन् ।
नेरुडे लघुवित्त वितीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर भई एकिकृत कारोबार भई समान तलब भत्ता लागु हुदाँ नेरुडेतर्फको तलब भत्ता वृद्धि नहुने, नेरुडेका कर्मचारीहरुलाई ४ ग्रेड वा सो को सट्टा अन्य विकल्प कार्यान्वयन गराउने सम्बन्धमा साविक नेरुडेको संचालक समिति प्रतिबद्ध रहेको व्यहोरा कर्मचारी युनियनलाई जानकारी गराउने निर्णय गरी कर्मचारी युनियनलाई लिखित रुपमा जानकारी गराएको भए पनि ४ ग्रेडको सट्टा २ ग्रेड तथा साविक नेरुडेको कर्मचारी विनियमावलीमा भएको पद यथावत नराखि साविक मिर्मिरेको कर्मचारी विनियमावलीमा भएको व्यवस्था अनुसार हरेक पदमा नायब पद थपिएर निर्णय गरी साविक नेरुडे पट्टीका सम्पुर्ण कर्मचारीहरुको मात्र भावना माथी खेलवाड गरेको भन्दै बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडे (बिएफईयुएन)ले पुन आन्दोलन गर्ने जानकारी गराएको छ ।
यतिसम्म कि बिएफईयुएनले सम्झौताविपरीत निर्णय गरेर संस्थाको व्यवस्थापन पक्षले मर्जरप्रश्चात कर्मचारीहरुको भावना जोड्नुको सट्टा तोड्न लागि परेको आरोप लगाएको छ ।
शाखा ठप्प पारेर आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिँदै कर्मचारीहरुले ४ ग्रेडको सट्टा २ ग्रेड दिने भनी व्यवस्थापन पक्षले गरेको निर्णय सच्याएर यसअघि गरिएको सम्झौता बैशाख २ गतेभित्र लागु गर्न माग गरेका छन् । अन्यथा, कर्मचारी युनियनले यसअघि स्थगित गरेको आन्दोलनका कार्यक्रम बैशाख ३ गतेदेखि स्वतः सुचारु हुने जानकारी गराएका छन् ।
आन्दोलनमा कर्मचारीहरुले व्यवस्थापनले गरेको २ ग्रेडको रकमको निर्णय बहिष्कार गर्ने र सम्पूर्ण शाखा कार्यालय बन्द गरिने कर्मचारी युनियनको पत्रमा उल्लेख गरिएको छ । यस्तो छ पत्रः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्