×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ गठबन्धन बनेपछि दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पर्ने !

अर्थ सरोकार

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार

PRIME CA

नयाँ गठबन्धन बनेपछि दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ पर्ने !

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज (मंगललबार) बिहानदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य वृद्धि भएर आएको छ । योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रुपैयाँ १ सय ६१ रुपैयाँ पुगेको छ ।

निगमले पहिलो वर्ग अन्तर्गत विराटनगर, चारआली, अमलेखगञ्ज, जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा कायम गरेको जनाएको छ ।

त्यस्तै, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङका लागि १ सय ७७ रुपैयाँ मूल्य तोक्दा तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ कायम गरिएको छ ।

माओवादी, एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनेपछि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि यो दोस्रो पटक हो । यसअघि निगमले २०८० चैत १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यसबेला निगमले पेट्रोलको मूल्य प्रतिलिटरमै ४ रुपैयाँले वृद्धि गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: