×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी पीडितले भने, ‘धन्यवाद रवि दाइ, तपाईँकै कारण नयाँ कानुन बन्ने भयो, न्याय पाउनेमा ढुक्क छौँ’ 

PRIME CA

सहकारी पीडितले भने, ‘धन्यवाद रवि दाइ, तपाईँकै कारण नयाँ कानुन बन्ने भयो, न्याय पाउनेमा ढुक्क छौँ’ 

१४ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बचत तथा ऋण सहकारीको क्षेत्रमा रहेको समस्या समाधानका लागि सरकार कानुन संशोधन सहित फास्ट ट्रयाकमा जाने भएपछि सहकारी पीडितहरूले यसको श्रेय गृहमन्त्री रवि लामिछानेलाई दिएका छन् । अव न्याय पाउने आशा बढेको भन्दै सहकारी पीडितहरूले लामिछानेलाई धन्यवाद दिएका हुन् ।

आज केहिबेरमा लामिछानेलाई भेटेर नै उनीहरूले धन्यवाद दिने कार्यक्रम छ ।

‘रवि दाइलाई धन्यवाद छ । उहाँकै कारण नयाँ कानुन बन्ने भयो, न्याय पाउनेमा ढुक्क छौँ ।’ रविलाई बधाई तथा धन्यवाद दिन जाने तयारीमा रहेका एक सहकारी पीडीतले भने, ‘न्याय पाउने आशा सबैमा बढेको छ ।’

बिहीबार एक कार्यक्रममा लामिछानेले कानुन नै परिवर्तन गरेर भए पनि सहकारी पीडितका समस्या समाधान गर्ने बताएका थिए । दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबारको बैठकले नियमित प्रक्रिया र विद्यमान कानुनबाट समस्या समाधान नहुने भन्दै नयाँ कानुनी व्यवस्थाबाट समाधान गर्ने निर्णय गरेको थियो । 

बैठकपछि सरकारकी प्रवक्ता शर्माले सहकारी क्षेत्रका समस्या समाधानका लागि कानुन नै परिवर्तन गरेर अघि बढ्ने निर्णय भएको बताएकी थिइन् ।

‘सहकारीको क्षेत्रमा रहेको समस्याबारे मन्त्रीपरिषद्को बैठकमा गम्भीरतापूर्वक छलफल भएको छ । तत्काल कानुनमा व्यवस्था गरी बचतकर्ताले बेहोर्न परेको समस्याको समाधानको प्रक्रिया सुरु गर्ने भन्ने निर्णय भएको छ,’ उनले भनिन्, ‘सामान्य नियमित प्रक्रियाबाट यो समस्या समाधान हुँदैन भनेर एकमत बनेको छ । विद्यमान कानुनबाट र संरचनाबाट पनि यो सम्भव छैन । फास्ट ट्रयाकबाट समाधान गर्नुपर्छ भनेर गम्भीर छलफल भएको छ ।’ सरकारको निर्णय सुनाउँदै शर्माले भनेकी थिइन् ।

यही कुराको जश सहकारी पीडितहरूले लामिछानेलाई दिएका हुन् ।

संघीय राजधानी काठमाडौँसहित विभिन्न जिल्लामा सहकारीका बचतकर्ता आन्दोलित छन् । आफ्नो निक्षेप सहकारी संस्था सञ्चालक र कर्मचारीहरूले अपचलन गरेपछि विचल्ली परेका बचतकर्ता मध्ये कतिपय मुद्दाको प्रक्रियामा गएका छन् भने कतिपय सरकारको मुख ताकेर बसेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: