काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने आश्वाशन दिएका छन् । मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बचतकर्ताको पैसा फिर्ता हुने आश्वाशन दिएका हुन् ।
उनले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न कानुनी बाधा आए अध्यादेश ल्याएर भएपनि समस्या समाधान गर्ने बताएका छन् । ‘सहकारीको समस्या समाधानको पहल भईरहेको छ, प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भएपनि जनताको बचत फिर्ता हुन्छ ।’
त्यस्तै, उनले सहकारीका संचालकको सम्पत्ति बिक्री गरेरै भएपनि बचतकर्ताको बचत फिर्ता गराउने बताएका छन् । उनले भने ‘ सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ, यदि त्यसो हो भने कानुन बनाएरै भए पनि बचत फिर्ता गर्ने क्रमको सुरुआत हुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्