×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एक भन्दा धेरै सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौँ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘एक भन्दा धेरै सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौँ’

२० चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक भन्दा धेरै सहकारी संस्थामा सदस्य बन्न नपाउने गरी नीति बनाउने बताएका छन् । ६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी नीति बनाउने बताएका हुन् ।

उनले २०७७ सालमा नै एउटै व्यक्ति एउटै उद्देश्य भएका एक भन्दा बढी सहकारीमा बस्न नपाउने भनिएको भए पनि अहिले चारवटा भन्दा बढीमा रहेको भन्दै यसलाई नियन्त्रण गर्ने नीति ल्याइने बताए ।

‘२०७७ सालसम्म एउटै व्यक्ति एउटै उद्देश्य भएका सहकारीमा बस्न नपाउने भनिएको थियो । अहिले पनि तीन चारवटा सहकारीमा हुनुहुन्छ ।’, मन्त्री अधिकारीले भने, ‘यसलाई पनि नियन्त्रण र कारबाही गर्नेगरी एउटा व्यक्ति एक भन्दा धेरै सहकारीमा सदस्य हुन नपाउने गरी जानुपर्छ । यस बारेमा पनि सरकारले नीति बनाएर अगाडि बढाउँछ ।’

त्यस्तै, मन्त्री अधिकारीले गलतलाई गलत र सहीलाई सही भन्ने प्रवृत्ति सरकाले मात्रै नभइ सहकारी अभियान्ताले पनि पालना गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । सहकारीभित्र देखिएका अहिलेका समस्या समाधान गर्नको लागि अहिलेसम्म भएका त्रुटीबारे खोजी गर्न जरुरी रहेको भन्दै मन्त्री अधिकारीले सहकारीसँग सरकार, सहकारी र सर्वसाधरण जोडिएकाले समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताएका छन् ।

सहकारीहरु ऐन, नियम पूरा गरेर दर्ता गर्ने तर सहकारीको उद्देश्य अनुसार काम नगर्दा सहकारीमा समस्या आएको मन्त्री अधिकारीको भनाई छ । उनले सहकारीहरुले सबैभन्दा पहिला सहकारीको उद्देश्य पूरा गर्न लाग्नुको विकल्प नभएको भन्दै राष्ट्रिय सहकारी अन्तर्गत भएका सबै निकायहरुमा कमजोरी गर्नेलाई कारबाही गर्ने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: