×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइडियल यमुना सहकारीका अध्यक्ष ‘फरार’, बचतकर्ताको ८ अर्ब जोखिममा, सहकारीविरुद्ध उजुरी दिने बढे !

PRIME CA

आइडियल यमुना सहकारीका अध्यक्ष ‘फरार’, बचतकर्ताको ८ अर्ब जोखिममा, सहकारीविरुद्ध उजुरी दिने बढे !

२५ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती सम्पर्कबिहीन भएका छन् । १ सय ८० बचतकर्ताको करिब २ अर्ब कम उधारो राखेर उप्रेती सम्पर्कबिहीन भएका हुन् ।

हाम्रो सगरमाथा सहकारी, आइडियल यमुना सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, घेदुङ बहुउद्देश्यीय सहकारी र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था मर्जर भएर बनेको यो सहकारीको कुल सम्पत्ति ८ अर्ब रुपैयाँ रहेको छ । तर, करिब ३० हजारभन्दा बढी सेयर सदस्य रहेको उक्त सहकारीका अध्यक्ष उप्रेती भने पछिल्लो २ महिनादेखि सम्पर्कबिहीन छन् ।

हाल उक्त सहकारीका १ सय ८० जना बचतकर्ताले १ अर्ब ५० करोड रुपैयाँ बचत फिर्ताको माग गर्दै सहकारी विभागमा उजुरी दिएका छन् । विभागका अनुसार उजुरी दिनेहरुको संख्या बढ्दो छ ।

तर, अध्यक्ष नै सम्पर्कबिहीन भएपछि बचतकर्तामा झन त्रास बढेको सहकारीका बचतकर्ताहरुले बताएका छन् । उनीहरुका अनुसार दुई महिनाअघि उप्रेती उपचारको शिलशिलामा भारत गएका थिए । तर, त्यसप्रश्चात उनीसँग बचतकर्ताको सम्पर्क छैन । यता नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उनलाई पार्टीले उक्त जिम्मेवारीबाट हटाइसकेको छ ।

हाल आइडियल यमुना हाम्रो सहकारीका बचतकर्ताहरु बचत फिर्ताको माग गर्दै सहकारी विभागमा उजुरी दिन र बचत फिर्ता दिलाइदिन भन्दै तारान्तार धाउन थालेका छन् । सहकारीको ठूलो सम्पत्ति गैरबैंकिङ क्षेत्रमा लगानी हुनु र ऋण असुलीमा समस्या हुनुले पनि सहकारी समस्यामा परेको सहकारीका सञ्चालकको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: