×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीमा रविको संलग्नताबारे ४ शीर्ष दलका नेतासँग छलफल गर्दै सभामुख, बन्ला त संसदीय छानविन समिति ?

PRIME CA

सहकारी ठगीमा रविको संलग्नताबारे ४ शीर्ष दलका नेतासँग छलफल गर्दै सभामुख, बन्ला त संसदीय छानविन समिति ?

२६ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सहकारी ठगी प्रकरणबारे सभामुख देवराज घिमिरेले ४ शीर्ष दलका नेतासँग छलफल गर्ने भएका छन् । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समितिको माग गर्दै नेपाली काँग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएसँगै सभामुख घिमिरेले त्यसबारे ४ दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

छलफल सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा हुनेछ । छलफलमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपाका अध्यक्ष रवि लामिछाने सहभागी हुनेछन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे प्रश्न उठेपछि नेपाली काँग्रेसले पछिल्लो केही समययता संसदीय छानविन समितिको माग गर्दै आएको छ ।

यतिसम्म कि काँग्रेसले सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबाबु (जिबी) राई कहाँ छन् भन्ने कुरा रवि लामिछानेलाई थाहा भएको आरोपसमेत लगाएको छ । जिबी राई रविको सम्पर्कमै हुँदा पनि गृहमन्त्री भएको यतिका दिनसम्म पक्राउ गर्न नसक्नु र संसदीय समिति बनाउन नदिनुले पनि सहकारी ठगीमा रविको संलग्नता पुष्टि हुँदै गएको काँग्रेसले आरोप लगाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: