×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार बन्यो: काँग्रेस

PRIME CA

सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार बन्यो: काँग्रेस

२७ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाली काँग्रेसले सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार भएको ठहर गरेको छ । मंगलबार संसद भवनमा बसेको संसदीय दलको बैठकमा काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे छानविन गर्न संसदीय समिति बनाउन सहयोग नगर्नुले सरकार सहकारी पीडितप्रति गैरजिम्मेवार बनेको काँग्रेसले ठहर गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन गर्न पटकपटक माग गर्दा पनि त्यसप्रति बेवास्ता गर्नु सरकारको गैरजिम्मेवारपन भएको काँग्रेसको ठहर छ । साथै काँग्रेसले संसदमा उठाउँदै आएको संसदीय छानबिन समिति बनाउने माग उचित रहेको पनि निष्कर्ष निकालेको छ ।

त्यस्तै, काँग्रेसले सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी सरकार गैरजिम्मेवार भएको बताएको छ । बैठकका बारेमा जानकारी दिँदै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारको बहालवाला मन्त्रीहरुसमेत सहकारीको रकम अपचलन गर्ने कुरामा संलग्न देखापरेको अवस्थालाई सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाएका छन् । उनले काँग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई लिएर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको बताए ।

त्यस्तै, उनले संसदीय दलको बैठकले नेपाली काँग्रेसले उठाउँदै आएको माग उचित रहेको ठहर गरेको बताएका छन् । साथै तत्काल नेपाली काँग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ । काँग्रेसले उठाएको मागकाप्रति सरकार गैरजिम्मेवार भए संसदका काम कारबाही रोकिएको जिम्मा सरकारले लिनुपर्ने लेखकले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: