×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगी कसुरमा राप्रपाकी सांसद बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी, करोडौँ रकम अपचलन गरेको आरोप !

PRIME CA
GLOBAL IME BANK

सहकारी ठगी कसुरमा राप्रपाकी सांसद बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी, करोडौँ रकम अपचलन गरेको आरोप !

१७ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सहकारी ठगी कसुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत नवलपुरले सांसद बस्नेतलाई सहकारी कसुरमा पक्राउ गर्न अनुमति दिएको हो ।
प्रहरी कार्यालय कावासोतीसहितको छानविनमा रकम हिनामिनामा सांसद बस्नेतको समेत संग्लाग्नता रहेको खुलेको थियो । सांसद बस्नेत अहिले फरार रहेको र प्रहरीले खोजी कार्य जारी राखेको बुझिएको छ ।
सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोड भन्दाबढी रकम अपचलन गरेको अनुसन्धानमा खुलेको छ । सोहि प्रकरणमा थप अनुसन्धान गर्न उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: