×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी ठगीमा काठमाडौँबाट छुटेका गुरुङ ललितपुरमा पक्राउ, अर्को सहकारीमा १८ करोड ठगेको आरोप !

PRIME CA

सहकारी ठगीमा काठमाडौँबाट छुटेका गुरुङ ललितपुरमा पक्राउ, अर्को सहकारीमा १८ करोड ठगेको आरोप !

अर्थ सरोकार

५ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर छुटेका लिला बहादुर गुरुङ फेरी पक्राउ परेका छन् । हाम्रो नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेर बचतकर्ताको पैसा फिर्ता गरेपछि छुटेका गुरुङ फेरी पक्राउ परेका हुन् । उनलाई अर्कै सहकारीको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्षसमेत रहेका गुरुङले बचतकर्ताको रकम फिर्ता गरेपछि सीआईबीले मुद्दा चलाउनुनपर्ने निर्णय गरेपछि उनी रिहा भएका थिए ।

तर, उनीविरुद्ध कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको रकम हिनामिना गरेको आरोपमा ललितपुरमा पनि जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा सीआईबीबाट छुटेका गुरुङलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

गुरुङविरुद्ध जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानसमेत सुरु गरेको प्रहरीले जनाएको छ । गुरुङ कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष हुन् । उनीसहित ७ जनाविरुद्ध ९६ जना बचतकर्ताले १८ करोड ७८ लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए । जसमध्ये अन्य ६ जना भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: