×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सहकारीका नाममा काँग्रेसले राजनीतिक प्रतिशोध साँध्यो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘सहकारीका नाममा काँग्रेसले राजनीतिक प्रतिशोध साँध्यो’

Artha Sarokar

२८ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले सहकारीका नाममा नेपाली काँग्रेसले संसदमा राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो आरोप लगाएका हुन् ।

कास्की जिल्ला अदालतमा विचाराधीन रहेको सूर्यदर्शन सहकारीको ठगी प्रकरणलाई प्रमाण बिना काँग्रेसले उचालेर संसदमा व्यक्ति केन्द्रित राजनीति गरेको बताएका छन् ।

त्यस्तै, थापाले प्रश्न उठ्ने बित्तिकै राजिनामा दिनुपर्ने र संसदीय छानबिन समिति बनाइहाल्नुपर्ने बाध्यता नभएकाले सहकारी ठगीका विषयमा राष्ट्रिय छलफल आवश्य रहेको बताएका छन् ।

साथै उनले संसदमा सहकारीको विषय सत्ता र प्रतिपक्षको दाउपेचको विषय नबनाउन आग्रह गर्दै संसदमा व्यक्ति केन्द्रित प्रहार गर्न नहुने पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी