काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले सहकारीका नाममा नेपाली काँग्रेसले संसदमा राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो आरोप लगाएका हुन् ।
कास्की जिल्ला अदालतमा विचाराधीन रहेको सूर्यदर्शन सहकारीको ठगी प्रकरणलाई प्रमाण बिना काँग्रेसले उचालेर संसदमा व्यक्ति केन्द्रित राजनीति गरेको बताएका छन् ।
त्यस्तै, थापाले प्रश्न उठ्ने बित्तिकै राजिनामा दिनुपर्ने र संसदीय छानबिन समिति बनाइहाल्नुपर्ने बाध्यता नभएकाले सहकारी ठगीका विषयमा राष्ट्रिय छलफल आवश्य रहेको बताएका छन् ।
साथै उनले संसदमा सहकारीको विषय सत्ता र प्रतिपक्षको दाउपेचको विषय नबनाउन आग्रह गर्दै संसदमा व्यक्ति केन्द्रित प्रहार गर्न नहुने पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्