×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थाइल्याण्ड घुम्न जाने नेपालीको संख्या ह्वात्तै बढ्यो, ८ महिनामा मात्रै विदेश भ्रमणमा ४२ अर्ब खर्च !

PRIME CA

थाइल्याण्ड घुम्न जाने नेपालीको संख्या ह्वात्तै बढ्यो, ८ महिनामा मात्रै विदेश भ्रमणमा ४२ अर्ब खर्च !

अर्थ सरोकार

२६ चैत्र २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सन् २०२४ मा थाइल्याण्ड जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । थाइल्याण्डको पर्यटन तथा खेलकुद मन्त्रालयको रिपोर्ट अनुसार सन् २०२४ मा घुमफिरका लागि थाइल्याण्ड जाने नेपालीको संख्या बढेको हो । पछिल्लो दुई महिना (जनवरी र फेब्रुअरी)मा मात्रै नेपालबाट ६ हजार ८ सय ६० जना नेपाली घुमफिरका लागि थाइल्याण्ड पुगेका छन् ।

जबकी गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ४ हजार ३ सय ६० जना नेपाली थाइल्याण्ड पुगेका थिए । जुन यस वर्ष (सन् २०२४)को तुलनामा २९.३८ प्रतिशत धेरै हो ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुन महिनासम्म नेपालीहरुले विदेश भ्रमणका लागि मात्र ४२ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेका छन् । गत आर्थिक वर्षमा नेपालीको यस्तो खर्च २९ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।

हाल थाइल्याण्ड घुम्न जानेहरुमध्ये सबैभन्दा धेरै चीन र भारतीय नागरिक रहेको पनि थाइल्याण्डको पर्यटन तथा खेलकुद मन्त्रालयको रिपोर्टले देखाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: